घलेलमा ल्होछार महोत्सव, भलिबल प्रतियोगिताको उपाधि ६० हजार
घोडा दौडमा च्याम्पियन हुनेलाई ४० हजार
कास्की | पुस ५, २०८०
पोखराः तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ«े गाउँपालिका ८÷९ स्थित घलेलमा २५ औं ल्होछार घलेल महोत्सव हुने भएको छ ।
बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी पुष १५ देखि २० गतेसम्म २५ औं ल्होछार महोत्सव आयोजना गरिने क्लबका अध्यक्ष बिराज गुरुङले जानकारी दिए ।
उनका अनुसार ल्होछार घलेल महोत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, पौढ भलिबल, ठेलो, रस्साकस्सी, अन्धानिशान, सामुहिक नृत्य, घोडा दौडे, महिला कुर्ची दौड प्रतियोगिता समावेश गरिएको छ ।
अध्यक्ष गुरुङले ल्होछार घलेल महोत्सवमा आयोजित गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ६० हजार र उपविजेताले नगद ४० हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए ।
उनका अनुसार गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागि हुन एक समूहलाई ५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।
यस्तै प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले बोका र उपविजेताले २ वटा भालेसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सहभागी हुन एक समुहलाई ३ हजार दर्ता शुल्क कायम गरिएको छ ।
यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने सहभागी हुन ५ हजार रुपैयाँ दर्ता शुल्क कायम गरेको छ ।
यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै ठेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला कुर्ची दौड प्रतियोगिता र घैटो फोड प्रतियोगिताको विजेता र उपविजेताले आर्कषक पुरस्कार प्राप्त गर्नेछन् ।
मेलामा विभिन्न समुदायमा प्रचलित साँस्कृतिक नृत्य, लोक तथा दोहोरी कलाकारहरुले विशेषप्रस्तुती दिने आयोजकले जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

